पुस ७ नेपाल ।

नेपालको सम्पति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि “विदेशमा रही अनौपचारिक रुपमा विप्रेषणको काम/कारोबार (हुण्डी) गरेको वा सङ्कलित रकम नेपाल नपठाएको” गोप्य सूचना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय वा सम्बन्धित निकायमा विद्युतीय माध्यममार्फत पठाउनुपर्ने नीतिगत व्यवस्था भएबमोजिम दूतावासले कार्य गरिरहेको नेपाली राजदूतावास साउदी अरेबियाले जानकारी दिएको छ ।

साउदी अरबमा बसोवास गर्ने कुनै पनि व्यक्ति वा संस्थाले अनौपचारिक रुपमा विप्रेषण (हुण्डी) सम्बन्धी कुनै किसिमको कारोबार नगर्नु/नगराउनुहुन समेत नेपाली राजदूतावास साउदी अरेबियाले
अनुरोध गरेको छ ।

कसैले यस्तो गैरकानूनी कारोबार गरेको/गराइरहेको पाइएमा त्यस्तो कार्यमा संलग्न व्यक्ति वा संस्थाको विवरण प्रमाणसहित दूतावासको ईमेल ठेगानाः eonriyadh@mofa.gov.np मा उपलब्ध गराई गैरकानूनी वित्तीय कारोवार (हुण्डी) निरुत्साहित गर्ने कार्यमा सहयोग गर्नुहुन सम्बन्धित सबैमा नेपाली राजदूतावास साउदी अरेबियाले सूचना जारी गरेर अनुरोध गरेको छ ।