पुस ७ नेपाल ।

सैनिक सेवामा करारमा Anesthesiologist र General Surgeon पदहरुमा नियुक्ति गरी UNDOF मिशन Syria, Level 1 (+) Hospital (शा.से.) सातौ डफ्‌फामा र UNSMIL मिसन, लिवियामा तैनाथ हुन जाने श्री गुरुवक्स गुल्म (शा.से.) SGU आठौँ डफ्‌फामा मिशन अवधिभरको लागि कार्य गर्न खुला प्रतियोगिताबाट छनौट गर्न आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त दिन नेपाली सेना भर्ना छनौटले आव्हान गरेको छ ।

दरखास्त दिने मिति र स्थानः मिति २०८२ पुस ६ गतेबाट मिति २०८२ पुस २० गतेसम्म नेपाली सेना केन्द्रीय भर्ना छनौट केन्द्र, स्वयम्भू ।

दरखास्त दस्तुरः दरखास्त दस्तुर रु.१,०००।- (एक हजार) श्री नेपाल बैंक लिमिटेडको खाता नम्बर ००१०१००००००००१००१००१ (कार्यालय कोड ३४५०१३५१३ र राजश्व शिर्षक नं.१४२२४, परीक्षा शुल्क) मा जम्मा गरि सो को सक्कल भौचर तथा प्रतिलिपि प्रति एकएक दरखास्त फाराम साथ पेश गर्नु पर्ने ।

आवश्यक योग्यताः Anesthesiologist: MD, Anesthesiologist उत्तीर्ण गरेको, General Surgeon: MS, Surgery उत्तीर्ण गरेको हुनुपर्ने ।

न्यूनतम शारीरिक योग्यताः पुरुषः उचाई ५ फिट ३ ईन्च, छाती ३२-३४ ईन्च, वजन ५० के.जी. (११० पौण्ड), महिलाः उचाई ५ फिट, वजन ४० के.जी. (८८ पौण्ड) चश्मा प्रयोग गर्ने भएमाः आँखा २ भन्दा बढी कमजोर नभएको हुनुपर्ने ।

अन्य योग्यताः फौजदारी अभियोगमा अदालतबाट कुनै कसुरदार नठहरिएको, कुनै पनि राजनीतिक संगठनको सदस्य नरहेको, मानव अधिकार र मानवीय कानुनको उल्लंघन गरी कसुरदार नठहरिएको।

उमेरको हदः (दरखास्त पेश गर्ने अन्तिम मितिसम्म) पुरुषः १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको,महिलाः १८ बर्ष पुरा भई ४६ वर्ष ननाघेको हुनुपर्ने नेपाली सेना भर्ना छनौटले सूचना जारी गरेर जनाएको छ।