पुस ७ नेपाल।
नागरिक लगानी कोषको संचालक समितिको मिति २०८२ पुस ६ गते आईतबार बेलुका ४.१५ बजे बसेको बैठक नं. ८६८ बमोजिम कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँड हिसाव विवरणबाट कोषका शेयरधनीहरुलाई ५ (पाँच) प्रतिशत बोनस शेयर र ८ (आठ) प्रतिशत नगद लाभांश (कर समेत) गरी जम्मा १३ (तेह)) प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेश गर्ने र उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट सहमति प्राप्त भई बार्षिक साधारणसभाबाट स्वीकृत भए पश्चात् वितरण गर्ने निर्णय भएको व्यहोरा नागरिक लगानी कोषले जानकारी दिएको छ।

