पुस ७ नेपाल
काठमाण्डौँको द बृटिस कलेज ले हस्पिटालिटी विजनेश म्यानेजमेन्ट लगायतका शैक्षिक कार्यक्रमहरु अवैध रुपमा चलाएको, अत्यधिक शुल्क लिएको, फरक कोर्स पढाएको, भर्ना गरिएका विद्यार्थीहरु युएईमा अलपत्र पारेको र समस्याको समाधान भन्दा पनि न्यायको माग गरिरहेका विद्यार्थीहरुलाई कलेजले उल्टै धम्की दिएको र क्रसित बनाएको अखिल नेपाल विद्यार्थी यूनियन (समाजवादी)ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
विदेशी सम्बन्धन प्राप्त कलेजहरुले विगत लामो समयदेखि नेपालमा शैक्षिक कार्यक्रम, भर्ना संख्या, शुल्क, छात्रवृति लगायतका विषयमा लुट र अनियमिता गरिरहेको छन । यसका विरुद्धमा अखिल नेपाल विद्यार्थी यूनियन (समाजवादी) ले निरन्तर आवाज उठाउदै आएको संगठनले जनाएको छ ।
यसैको पछिल्लो उदाहरण द ब्रिटिस कलेजमा देखिएको छ । तसर्थ ठगी धन्दामा संलग्न सो कलेजलाई तत्काल कारवाही गर्न शिक्षा मन्त्रालय र सुरक्षा निकाय संग अखिल नेपाल विद्यार्थी यूनियन (समाजवादी)ले विशेष माग गरेको छ ।
पिडित विद्यार्थीहरुमा मागहरु तत्काल सम्बोधन गर्न हामी कलेज प्रशासन संग जोडदार माग गर्दै विदेशी विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सवै कलेजहरुलाई शैक्षिक कार्यक्रम, भर्ना संख्या, शुल्क, छात्रवृति लगायतका विषयमा स्पष्ट निति बनाएर नियन्त्रण, नियमन र विशेष निगरानी गर्न पनि अखिल नेपाल विद्यार्थी यूनियन (समाजवादी)ले प्रेस बिज्ञप्ति जारी गरेर जनाएको छ।

