पुस ७ नेपाल ।
कालिका पावर कम्पनीको आज मिति २०८२ पुस ६ गते बसेको संचालक समितिको निर्णय अनुसार कम्पनीको सत्रौं वार्षिक साधारण सभा मिति २०८२ साल पौष २८ गते, सोमबारका दिन जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं. १० स्थित दियालो फुडल्याड चितवन प्रा.लि.मा विहान ११:०० बजे बस्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
आ.व. २०८१।०८२ सम्मको कम्पनीको संचित मुनाफासमेतबाट कम्पनीको शेयरधनीहरुलाई चुक्ता पूँजीको ७ (सात) प्रतिशत बोनर शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने नगद (बोनश शेयरको कर प्रयोजनार्थ) वितरण गर्ने सिफारिस गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
साधारण सभा प्रयोजनार्थ २०८२ पौष १८ गते शुक्रवारका दिन कम्पनीको शेयरधनी दर्ता किताव बन्द गरिने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८२ पौष १७ सम्म कारोवार गरी शेयर खरिद गरि नियमानुसार निजको नाममा शेयर नामसारी गरी आएका शेयरधनीहरुले सो सभामा भाग लिन र उक्त सभाद्वारा पारित बोनस र नगद लाभांस पाउन लागि योग्य हुनुहुने कम्पनीले जनाएको छ।

