पुस ६ नेपाल ।

चालु आव २०८२/८३ माशिक्षक दरबन्दी मिलान पश्चात कायम भएको स्थानीय तहगत स्वीकृत दरबन्दी तथा अनुदानका शिक्षकको लागि नियमानुसार भुक्तानी दिनुपर्ने तलब भत्ता हिसाब गरी स्थानीय तहमा वित्तीय हस्तान्तरण भएको छ।

विद्यालय शिक्षा क्षेत्र योजना अन्तर्गत तहगत शिक्षकहरूको वार्षिक तलब र भत्ता नपुग तथा बढी हुने भएमा आधार र औचित्यसमेत उल्लेख गरी कार्यक्रम कार्यान्वयन कार्यविधि आव २०८२/८३ को अनुसूची १ बमोजिमको ढाँचामा प्रमाणित गरी २०८२ माघ मसान्तसम्ममा शिक्षा विकास तथा समन्वय इकाइमा पठाउनु र शिक्षा विकास तथा समन्वय इकाइले जिल्लाका लागि स्वीकृत दरबन्दी तथा राहत अनुदान कोटासँग विवरण भिडान गरी यकिन गर्न र यकिन पश्चात तलब भत्ता अपुग हुने वा बढी हुने देखिएमा सिफारिस साथ २०८२ फागुनको पहिलो हप्ताभित्र केन्द्रको योजना तथा अनुगमन शाखाको इमेल ठेगानमा पुग्नेगरी पठाउन अनुरोध छ।

साथै, स्थानीय तहले नपुग हुने तलब भत्ता माग गर्दा दरबन्दी मिलान गरी स्थानीय तहका लागि कायम भएको दरबन्दी संख्या तथा इकाइबाट दरबन्दी मिलानका क्रममा थप भएको शिक्षक दरबन्दी संख्या भए सोसमेत एकीकृत गरी सोको प्रमाणित प्रति समेत राखी पठाउन अनुरोध गरेको छ।