पुस ६ नेपाल।

गढवा गाउँपालिकाको आ.व. २०८२/०८३ मा गढवा गाउँपालिकाले गरेका सेवा प्रवाह, सम्पादन गरेका काम कार्यबाही र गाउँपालिकासँग सम्वन्धित विविध विषयका सम्बन्धमा प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०८२ पुस ७ गते हुन गईरहेकोले उक्त कार्यक्रममा सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरु उपस्थित हुने भएकोले गढवा गाउँपालिका र अन्तर्गतका वडा कार्यालयहरुबाट मिति २०८२ पुस ७ गतेको दिन नियमित सेवा प्रवाह (अत्यावश्यक सेवा बाहेक) बन्द रहने व्यहोरा सम्पूर्ण सेवाग्राहीहरुलाई कार्यलयले जानकारी गराएको छ ।