पुस ६ नेपाल ।
सामाजिक सञ्जालमा महिलाको तस्विर प्रयोग गरी फेक एकाउन्ट मार्फत साथी बनी कुराकानी गर्दै जाने क्रममा, नाबालिकालाई विभिन्न प्रलोभन, दबाब र प्रभावमा पारी नग्न तस्विर तथा भिडियो मागी सेभ गरी राखी थप अश्लिल गतिविधि नियमित रूपमा गर्न लगाउदा नाबालिकाले नमाने पश्चात उक्त तस्विर तथा भिडियो पीडित नाबालिकाको विद्यालयका साथी तथा आफन्तजनका सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेकोले आवश्यक कारबाहीको लागि नाबालिकका अभिभावकद्वारा ब्यूरोमा निवेदन परेपछि सो सम्बन्धमा आवश्यक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट उक्त कार्य गर्ने कैलाली जिल्ला, धनगढी उप-महानगरपालिका वडा नं. १२ जुगेडा डि गाँउ बस्ने बर्ष २७ को सन्दिप चन्दको संलग्नता खुल्न आएकोले निजलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला प्रहरी कार्यालय कैलालीको सहयोगमा कैलालीबाट मिति २०८२ पुस ३ गते पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतको आदेशले दिन ५ (पाँच) म्याद थप गरि आवश्यक अनुसन्धान कार्य गरिरहेको प्रहरीले प्रेस बिज्ञप्ति जारी गरेर जनाएको छ।

