पुस ५ नेपाल ।
त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयबाट सेमेष्टर प्रणालीमा सञ्चालित एमबिबिएस तथा एमपिए कार्यक्रममा २०८१ साल (सन् २०२५) मा भर्ना भएका परीक्षार्थीहरुको दोश्रोसत्रको नियमित र सन् २०२१ देखि सन् २०२४ सम्म उल्लेखित कार्यक्रममा भर्ना दोश्रोसत्रको नियमित परीक्षामा सामेल भई अनुत्तीर्ण वा अनुपस्थित भएका आंशिक परिक्षार्थी समेतको नियमित परीक्षाको आशिक परीक्षार्थी समेतको दोश्रोसत्रको नियमित परीक्षा मिति २०८२ माध दोश्रो सातादेखि संचालन हुने भएको छ । उक्त परीक्षाको कार्यक्रम र सिमेष्टर परीक्षामा सम्मिलित हुन चाहने (सन् २०२१ देखि सन् २०२५ भर्ना समुहमा उल्लेखित कार्यक्रममा भर्ना भएका। परीक्षार्थीहरुले परीक्षा फाराम भरि सम्बन्धित क्याम्पस कलेजमा मिति २०८२ पुस २० गतेभित्र (परीक्षार्थिबाट जम्मा भएको शुल्क सोहि दिन बैंक वाखिला वा मिति २०८२ पुस २१ गते बैंक खुलेको पहिलो सत्रमा जम्मा गर्नु पर्ने सूचनामा उल्लेख रहेको छ र सम्बन्धित क्याम्पस कलेजहरुले उक्त परीक्षा फारम मिति २०८२ पुस २३ गते भित्र डीन कार्यालयको परीक्षा नियन्त्रण महाशाखामा अनिवार्यरुपमा बुझाई सक्नुपर्नेछ समेत डिनको कार्यलयले जनाएको छ।

