पुस ५ नेपाल । सिसि Camera बाट Visualize गरिएका Footage लाई Modify गरी Business Purpose मा उपयोग गर्न पाइने छैन ।

२. VVIP, VIP को निजी Footage हरु सार्वजनिक हुनेगरी प्रयोग गर्न गराउन पाइने छैन।

३. Human Rights Violation हुने गरी CCTV/Camera जडान गर्न, Photo लिन पाइने छैन ।

४. CCTV विग्रिएर मर्मत गर्नु पर्ने भएमा, हटाउनु पर्ने भएमा वा परिवर्तन / फेरवदल गर्नु पर्ने भएमा सो को अग्रिम जानकारी नजिकको प्रहरी कार्यालय वा स्थानीय प्रशासनलाई लिखितरुपमा गराउनु पर्नेछ । यसो गर्दा CCTV वाट खिचिएका श्रव्यदृश्यहरु सुरक्षित राखे व्यवस्था मिलाउनु पर्नेछ ।

५. माथि उल्लेख भएका बुँदाहरुको पालना नभए प्रचलित कानुन बमोजिम सजाय हुनेछ ।

निजी प्रयोग सम्बन्धमा :-

१. व्यक्तिगत सुरक्षा प्रयोजनका लागि सिसिटिभी जडान गर्ने व्यक्तिले CCTV जडान गरेको लिखित जानकारी १५ (पन्ध्र) दिन भित्र नजिकको प्रहरी ईकाई वा सम्वन्धित जिल्ला प्रशासन कार्यालयलाई अनिवार्य रुपमा उपलब्ध गराउनु पर्नेछ।

२. Limited Household Purpose का लागि मात्र CCTV Camera प्रयोग गर्नु पर्नेछ ।

३. जडान गरिएका सिसिटिभीकों निरन्तर मोनिटर मर्मत सम्भार गर्ने व्यवस्था आफैले मिलाउनु पर्नेछ।

४. सिसिटिभीवाट खिचेका दृष्यहरु गोप्य राखु पर्नेछ । कुनै पनि किसिमबाट सार्वजनिक गर्न पाइने छैन ।

५. कुनै पनि व्यक्तिको व्यक्तिगत स्वतन्त्रतामा असर नपर्ने गरी सिसिटिभी क्यामराहरु जडान गर्नु पर्नेछ ।

६. सिसिटिभी फुटेजहरु अनुसन्धानको सिलसिलामा नेपाल प्रहरी वा अन्य सरकारी निकायले अनुसन्धान कार्यका लागि माग गरेको खण्डमा उपलब्ध गराउनु पर्नेछ ।

७. सिसिटिभीबाट खिचेका दृप्शयहरु कम्तिमा ३ (तीन) महिनासम्म सुरक्षित रहने गरी राखु पर्नेछ ।

८. जडान गरिएका सिसिटिभीहरु संचालनमा रहने व्यवस्था सम्वन्धितले अनिवार्य रुपमा मिलाउनु पर्नेछ ।