पुस ४ नेपाल ।
शैक्षिक सत्र २०८२/८३ मा कक्षा ११ मा भर्ना भई अध्ययनरत विद्यार्थीहरूको विषय दर्ता फारामहरू मिति २०८२ मंसिर १० गते भित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउन सूचित गरेकोमा उक्त समयभित्र विविध कारणले फाराम बुझाउन छुट भएका विद्यार्थीहरूका लागि यसअघि नै तोकिएको म्यादभित्र मिति २०८२ साल कात्तिक मसान्तसम्म विलम्ब शुल्करहित र मिति २०८२ साल मंसिर ७ गतेभित्र विलम्ब शुल्कसहित बोर्डको खातामा शुल्क दाखिला गरेका विद्यार्थीको हकमा सोही शुल्क अनुसार एवं तोकिएको म्यादमा शुल्क नबुझाएका विद्यार्थीहरूको हकमा विलम्ब शुल्कसहितको रकम दाखिला गरी/गराई मिति २०८२ पुस १४ गतेभित्र विषय दर्ता फाराम बुझाउने गरी म्याद थप गरेको राष्ट्रिय परिक्षा बोर्डले सम्बन्धित सबैको लागि जानकारी गराएको ।

