पुस ४ नेपाल ।
वित्तीय शोषणको विरुद्धमा संघर्ष गर्दै गर्दा आफ्नो ज्यान गुमाउनु हुने डाचाराम वाग्ले सर्लाही, पदम बहादुर राई उदयपुर, बिनिता सुनार मोरङ, भोगेन्द्र ठाकुर धनुषा लगायत परिवर्तनको लागि ज्यानको आहुती दिनुहुने महान शहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
हामी बिगत ४ बर्षदेखि निरन्तर संघर्षरत पक्ष लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संर्घष समिति नेपाल र मिटरब्याज विरूद्ध किसान मजदुर आन्दोलन र यी दुबै आन्दोलनका भगेनी संगठनहरू बिच गत कार्तिक २ गते संयुक्त जनअधिकार आन्दोलन नेपालको नाममा एकता भईसकेका छौं । यस अवधिमा हाम्रो दुबै आन्दोलनका भूमी अधिकार आन्दोलनसहित भगिनी संगठनहरूमध्ये राष्ट्रिय स्वयम् सेवक नेपाल र श्रमिक फोर्स बिच एकता भेला समेत गत मंसिर ४ गते अध्यक्ष निर्ग नवीन जैसी र सेक्रेटरीमा सजिव सिंह रहने गरि पिपुल्स फोर्स समेत गठन गरिसकेको कुरा सर्वत्र जानकारी गराउँदछौँ । हामी दुवै पक्ष कहिले एकल त कहिले संयुक्तरूपमा कार्यक्रम गर्दै आईरहेका थियौं । दुवै पक्षबिच राज्यले पटक पटक बार्ता मार्फत ऐन, कानुन, नियमावली तथा प्रतिवेदनहरू बनिसक्दा पनि पीडितहरूले न्याय नपाईरहेकै कारण हाम्रो समाज वित्तीय शोषणको चरम चङ्गुलमा फसिरहेको छ त्यसैले यस्तो शोषणको विरुद्धमा हामी एकजुट हुनुको बिकल्प रहेन । आज लघुवित्त, बैंक, मिटर व्याजी, सहकारी र ईन्सोरेन्सहरूले समेत हामी नेपाली जनतालाई कैयौं सुविधा र सपना नामका अत्यचारले समाजमा सीमा नाघि सकेको र हालै गरिमा विकास बैंक, सर्लाही र ज्योती विकास बैंक, सप्तरीका घटनाले पुष्टि गरेको छ उक्त घटनाका पिडीतलाई तुरुन्त न्याय दिन अनुरोध गर्दै एउटै मञ्चबाट समग्र वित्तीय शोषणको विरुद्धमा संघर्ष बाहेक बिकल्प नरहेकाले हामी तपसिलको मिति समय र स्थानमा आन्दोलनको घोषणा गर्दै छौं । सम्पूर्ण वित्तीय उत्पीडनका विरुद्धमा संघर्षरत समूह वा उत्पीडनमा पर्नुभएका जनसमुदायहरूमा यसै जनअधिकार आन्दोलन नेपालमा संगठित भई राजनितीक स्थायित्व र आर्थिक क्रान्तिको लागि, वित्तीय शोषण, राजनीतिक बेथिति र भ्रष्टाचारको अन्त्यको लागि एकजुट हुन अनुरोध गर्दै सम्पूर्ण नेपाली जनसमुदाय हरूलाई उक्त आन्दोलनमा सहयोग, समर्थन र सहभागीताको लागि हार्दिक अनुरोध गर्दछौं।

।।संघर्षका कार्यक्रम।।
मिति : २०८२ पुस ७ गते सोमबार
समय : दिउँसो १२:३० बजे
स्थान : बल्खु, काठमाडौँ
