पुस ४ नेपाली ।
मिति २०८२ पुस २ गते राती करिव २१:०० बजेको समयमा परिवर्तित जिल्ला ४० अन्तर्गत खेतमा ५० वर्षीया महिलालाई मादक पदार्थ सेवन गरी जवरजस्ती करणी गरी फरार भएको भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको प्रहरी टोलीले आरोपित व्यक्तिलाई खोजतलास गर्दै जाँदा लुकिछिपी बसेको अवस्थामा स्याङजा जिल्ला पुतलीबजार नगरपालिका वडा नम्बर ४ बस्ने २६ वर्षीय अजय परियारलाई पक्राउ गरी जवरजस्ती करणी मुद्दामा मिति २०८२ पुस ४ गते स्याङ्जा जिल्ला अदातलबाट दिन सात म्याद थप अनुमति लिई आवश्यक कानूनी कारवाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।

