पुस ४ नेपाल ।

मिति २०८२।०९।०३ गते अन्दाजी १३:३० बजेको समयमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका ९ एयरपोर्टबाट रामेछाप जिल्ला दोरम्बा गाउँपालिका ४ घर भइ काठमाडौं, धापासी बस्ने वर्ष २४ को झलक मगर र रामेछाप जिल्ला दोरम्बा गाउँपालिका ४ घर भइ भक्तपुर जिल्ला कौशलटार बस्ने वर्ष २७ को टिका बहादुर थापा मगरलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले भन्सार छलीको सामानहरू सहित नियन्त्रणमा लिई त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले प्रेस बिज्ञपप्ति जारी गरेर जनाएको छ।

।।बरामद सामानहरू।।
१. सेतो रङको iPhone 13 Pro Max थान १ (अ. मूल्य रु. २,०८,९९०/-),
२. सुन्तला रङको iPhone 17 Pro Max थान १ (अ. मूल्य रु. २,३९,९९९।-),
३. Dell कम्पनीको सेतो ल्यापटप थान १ (अ. मूल्य रु. ६२,०००/-) (जम्मा अ. मूल्य रु. ५,१०,९८९।- (अक्षरेपि पाँच लाख दस हजार नौ सय उनासी रुपैयाँ)