पुस ४ नेपाल ।
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड बानेश्वर शाखा कार्यालयले खानेपानी धारा अद्याबधिक गर्न आउन अत्यन्त जरुरी सूचना सार्वजनिक गरेको छ।
शाखा कार्यालयको कार्यक्षेत्र भित्र पर्ने काठमाण्डौ महानगरपालिका वडा नं ९,१०,२९,३०,३१ र ३२ का क्षेत्रहरुमा मेलम्ची खानेपानीको धारा जडान भई पानी प्रयोग गरिरहेको तर शाखा कार्यालयमा ग्राहक नवनेका ग्राहकहरुलाई पटक पटक सूचना प्रकाशित गरी ग्राहक बन्न जानकारी गराईए पनि ग्राहक बन्न नआएकोले जानकारी प्राप्त भएको मितिले ७ दिन भित्र यस कार्यालयमा सम्पर्क गरी आफ्नो विवरण अद्यावधिक गर्नु हुन खानेपानीले सूचना प्रकाशित गरेको छ।
अन्यथा कार्यालयमा सम्पर्क गरी विवरण अद्यावधिक नगर्ने ग्राहकहरुको धारा स्थलगत निरीक्षण गरी कट्टा गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरेर खानेपानीले जनाएको छ ।

