पुस ३ नेपाल।

मिति २०८२ मंसिर २९ गते चितवन  जिल्ला भरतपुर महानगरपालिका वडा नं. १ लिलाचोक स्थित नारायणी सेकुवा एण्ड खाजा घरमा काम गर्न भनी राखेका महिलाहरुलाई होटलमा आउने ग्राहकहरु संग यौन क्रियाकलाप गर्न लगाईरहेको छ भन्ने सूचनाको आधारमा  जिल्ला प्रहरी कार्यालय चितवन र वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी टोलीले नारायणी सेकुवा एण्ड खाजा घरको कोठा भित्र बसी रहेको अवस्थामा ४ जना माहिलालाई फेला पारी निजहरुलाई सोधपुछ गर्दा उक्त होटलको संचालकले होटलमा आउने ग्राहकहरुसंग इच्छा विपरित यौन क्रियाकलाप गर्न लगाईरहेको भनि खुलेकोले खाजा घरका संचालक चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं. १६ बस्ने वर्ष ३७ को सुमन बहादुर ठकुरीलाई नियन्त्रण लिई मानव वेचविखन तथा वसारपसार सम्बन्धी कसूरमा चितवन जिल्ला अदालतबाट  ७ दिन म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले प्रेस बिज्ञप्ती जारी गरेर जनाएको छ।