पुस ३ नेपाल ।
भगवतीमाई गाउँपालिका, कृषि सेवा केन्द्रको आ.व. २०८२/८३ को बार्षिक स्वीकृत संधिय विशेष अनुदानको कृषिमा व्यवसायीकरण र आधुनिकीकरण कार्यक्रम र संघिय शसर्त अनुदानका कार्यक्रमहरु संचालन हुने हुँदा कार्यालयमा कार्यक्रम माग पेशको लागि ईच्छुक कृषक, कृषक फर्म, कृषक समूह, सहकारी संस्था, कम्पनि, उद्धमी व्यवसायीहरुले यो सूचना प्रकाशन भएको मितिले २१ दिन (मिति २०८२ पौष २२ गते) भित्र तोकिएको कागजात सहित निवेदन पेश गर्न कार्यलयले आव्हान गरेको छ।
यस सम्बन्धि थप जानकारीको सूचना, प्रस्ताव फाराम, प्रतिबद्धता पत्र र निवेदनको ढांचाको लागि कार्यालयको Website: https://bhagawatimaimun.gov.np वा भगवतीमाई गाउँपालिकाको Facebook Page/Group बाट हेर्न र Download गर्न वा कार्यालयमा सम्पर्क गर्न सकिने कार्यलयले जनाएको छ ।

