पुस ३ नेपाल ।
नबिल बैंक लिमिटेडले जारी गरेको रु.५,००,००,००,०००/- (अक्षरेपीः पाँच अर्ब) बराबरको रु.१००/- अंकित दरका ५,००,००,००० कित्ता “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर” परिपत्र विधिबाट संस्थागत लगानीकर्ताहरुबाट मात्र आवेदन प्राप्त गरी मिति २०८२ पुस १ गतेका दिन शेयरको निश्कासन तथा बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड मार्फत अन्तिम बाँडफाँड गरेको नविल बैंकले जनाएको छ ।
नेपाल स्टक एक्सचेञ्जमा लिमिटेडमा सुचीकृत भएपश्चात् “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर” को कारोबार संस्थागत लगानीकर्तामा मात्र सिमित हुने समेत नविल बैंकले जनाएको छ ।
