पुस २ नेपाल ।

उच्च अदालत पाटन, ललितपुरको मिति २०८१/०३/१९ को परमादेश तथा लोक सेवा आयोगको मिति २०८२/०८/०२ को पत्रबाट प्राप्त सहमति बमोजिम परिषद् र अन्तर्गतका कार्यालयहरूमा तह विहीन प्रशासनिक प्राविधिक सहयोगी पदमा स्थायी नियुक्ति भई सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) प्राप्त गरी सवारी चालकको जिम्मेवारी बहन गर्दै आइरहेका रिट निवेदक कर्मचारीहरूबाट प्रशासनिक प्राविधिक सहयोगी पदबाट तह विहीन हलुका सवारी चालक पदमा पद परिवर्तन गर्न परिषद्‌को कर्मचारी प्रशासन विनियम, २०४९, “प्रशासन/प्राविधिक सहयोगी पदमा कार्यरत कर्मचारीलाई हलुका सवारी चालक पदमा पद परिवर्तन गर्ने सम्बन्धी कार्यविधि, २०८२० र पदपूर्ति समितिको कार्यविधि, २०६१ बमोजिम दरखास्त आह्वान गरेको छ। तोकिएको न्यूनतम योग्यता पुगेका रिट निवेदक उम्मेदवारहरूले नेपाल कृषि अनुसन्धान परिषद् पदपूर्ति समितिमा आवेदन दिन कृषि अनुसन्धान परिषद्ले भनेकोछ ।