पुस २ नेपाल । वादी नीरा थापा प्रतिवादी जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २९ डिल्ली बजार घर भई जिल्ला काठमाण्डौ का.म.न.पा वडा ४ चप्पलकारखाना बस्ने बर्ष ७७ को शोभन शम्शेर ज.ब.रा भएको चेक अनादर विगो मुद्दामा ( लगत नं. ३९२/३८९८/१४१६, मुद्दा नं. ०७८-८४-२०६४) सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहलको मिति २०७९।०९।१७ गतेको फैसलाले विगो बमोजिमको रकम रु. १०,००,०००/-(दश लाख) र सो को ब्याज वापत सम्मानित अदालतको मिति २०८१।०९।०५ गतेको आदेशानुसार निज प्रतिवादीलाई २ बर्ष कानून बमोजिम कैदमा राख्नको लागि पक्राउ पुर्जी जारी भई फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२/०९/०१ गते बिहान ११:३० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १ दरबारमार्गबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ऐ. मितिमा सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल पठाईएको प्रहरीले जनाएको छ ।