पुस १ नेपाल ।
स्याङ्जामा  हाडनाता करणी मुद्दाका फरार प्रतिवादी फेदीखोला गाउँपालिका-२ बस्ने ५० वर्षीया सावित्री खड्का भन्ने सावित्री सापकोटालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत स्याङ्जाको २०५७ वैशाख २१ गतेको फैसलाले उक्त मुद्दामा ३ महिना कैद सजाय ठहर भई फरार रहेकी उनलाई  जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले फेदी गाउँपालिका-२ फेदीखोलाबाट पक्राउ गरेको हो । 
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको नेपाल प्रहरीको समाचारमा उल्लेख छ ।