मंसिर २९ नेपाल ।
नेकपा एमालेका केन्द्रिय नेत्ता महेस बस्नेतले पार्टीको ११औं राष्द्रिय महाधिवेशनमा केन्द्रिय सचिव पदमा उम्मेद्दारी दिएको घोषणा गरेका छन् । बस्नेत माओवादीको सहायक संगठन वाईसीएलको गतिविधि विरुद्ध खरो रूपमा प्रस्तुत भएका र जेनजी आन्दोलनको क्रममा नेपालमा भएका तोडफोड, आगजनी, लुटपाट, विध्वंस घटनाको सवैभन्दा धेरै प्रतिबाद र बिरोध गर्ने नेत्ताको रुपमा परिचीत छन। यतिबेला एमाले भित्र र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बस्नेत सवै भन्दा चर्चित नेत्ता हुन। भने पार्टी भित्र निडर नेत्ताको रुपमा पहिचान बनाउन सफल नेत्ताको रुपमा चिनिएका छन।
महेस बस्नेतले आफ्नो फेसबुकमा लेखेका छन ´प्रिय कमरेडहरु यहाँहरुको सल्लाह सुझाव र विगतमा पार्टिका निम्ती गरिएको योगदान बमोजिम नेकपा (एमाले)को ११ औं राष्द्रिय महाधिवेशनमा केन्द्रिय सचिव पदमा उम्मेद्दारी दिएको छु।मत जित्नलाई मन जित्नुपर्छ र मलाई विश्वास छ यहाँहरुको मन जितेको छु ।
यहाँहरुले आफ्नो अमुल्य मत प्रदान गरी विजयी गराउनुहुनेछ भन्ने पुर्ण विश्वास लिएको छु`।
“महेस बस्नेतले जेनजी आन्दोलन पछि एमाले पार्टी भित्र निर्वाह गरेको भुमिकालाई विश्लेषण र मुल्यांकन गरेर हेर्दा नेकपा एमाले पार्टीको केन्द्रिय सचीव पदमा निर्वाचित हुने करिबकरिब निश्चित जस्तैः देखिन्छ”।

