मंसिर २९ नेपाल ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को मिति २०६८/१२/०८ गते बसेका १२१औं बैठकको निर्णय बमोजिम परिषद् कार्यालयबाट मिति २०६९ जेठ २९ र साउन ३१ गते कान्तिपुर दैनिकमा प्रकाशित सूचना बमोजिम ३ वर्ष प्रमाणपत्र/डिप्लोमा तहका विभिन्न कार्यक्रम सञ्चालन गर्न प्रस्तावना पेश गरी मिति २०७१/०३/२१ गत कान्तिपुर दैनिकमा प्रकाशित सूचना अनुसार प्रति कार्यक्रम रु. १,००,०००/- (एक लाख) का दरले स्थलगत निरीक्षण शुल्क जम्मा गरी स्थलगत निरीक्षण नभएका वा स्थलगत निरीक्षण भई आशय पत्र (LOI) पाउन बाँकी रहेका संस्थाहरूले सम्बन्धन स्वीकृति प्रक्रियामा सहभागी हुन इच्छुक आवेदक संस्थाहरूले १५ (पन्ध्र) दिन (२०८२/०९/१४ गते) भित्र परिषद्का सम्बन्धित प्रदेश कार्यालयहरू वा परिषद् केन्द्रीय कार्यालय सानोठिमी, भक्तपुरमा तपसिल बमोजिमका कागजात सहित सक्कलै निवेदन पेश गर्नुहुन अनुरोध छ ।
निवेदन साथ पेश गर्नुपर्ने कागजातहरूः
१) प्रस्तावना पेश गर्दाको प्रस्तावना दर्ता नं. र मिति (प्रत्येक कार्यक्रमको),
२) स्थलगत निरीक्षण शुल्क जम्मा गरेको रसिदको प्रतिलिपि ।
सम्पर्कका लागि:
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् फोन नं. ०१-६६३०४०८, सानोठिमी, भक्तपुर ।
