मंसिर २८ नेपाल ।

´१९ औं संसद सेवा दिवस, २०८२ को अवसरमा संघीय संसद सचिवालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूमा सुख, शान्ति र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु` ।

´आजभन्दा १९ वर्षअघि संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन छुट्टै ऐनद्वारा संसद सेवाको गठन गरिएको स्मरणमा हरेक वर्ष मंसिर २८ गते संसद सेवा दिवस मनाउने गरिएको छ । सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाको रूपमा रहेको संघीय संसदलाई प्रशासनिक र प्राविधिक सहयोग पुऱ्याउँदै आएको यस सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानून निर्माण प्रक्रियामा अत्यन्त महत्त्वपूर्ण छ`।

´संसद सेवा लोकतन्त्रको मन्दिरको लिइने संसदलाई सुचारु राख्ने एक पवित्र जिम्मेवारी पनि हो। राजनीतिक रूपमा निष्पक्ष, व्यावसायिक रूपमा दक्ष र प्रक्रियागत रूपमा पारदर्शी कर्मचारी संयन्त्र नै जीवन्त संसदको आधार हो। यस अवसरमा म सम्पूर्ण कर्मचारीहरूलाई आफ्नो कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गर्दछु`।

´अन्त्यमा, संसदको स्वायत्तता कायम राख्दै यस सेवालाई समयसापेक्ष, प्रविधिमैत्री र विशिष्टीकृत बनाउन हामी सबैको सामूहिक प्रयास रहनेछ भन्ने विश्वासका साथ पुनः सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु` ।