मंसिर २७ नेपाल ।

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको च.नं. ५७७ मिति २०८२ मंसिर २१ को पत्रानुसार आर्थिक प्रशासन सम्बन्धी सहायकतस्तरीय सेवाकालीन तालिम मिति २०८२ पुष १३ देखि ३३ कार्यदिन (सार्वजनिक विदा बाहेक) सञ्चालन गर्ने भएको छ।

नेपाल प्रशासन सेवा, लेखा समूहमा कार्यरत लेखापाल/सहलेखापाल वा सो सरहका रा.प.अनं. प्रथम र द्वितीय श्रेणीका संघ, प्रदेश र स्थानीय तहमा २ वर्ष सेवा अवधी पूरा गरेका इच्छुक कर्मचारीहरूले मिति २०८२ पुस २ गते भित्र आवेदन पेश गर्न महालेखा नियन्त्रक कार्यलयले सूचना जारी गरेको छ ।

उक्त तालिममा ५५ जना मुख्य र २० जना वैकल्पिक सहित ७५ जना सहभागी मनोनयन गरी पठाईने र आर्थिक बर्ष २०८१/८२ को एकिकृत वित्तीय प्रतिवेदन तयारी गर्ने कार्यमा बाधा नपर्ने गरी कार्यरत कार्यालयको सिफारिस सहित आवेदन गर्नु पर्नेछ । साथै यस भन्दा अघि निवेदन पेश गरी तालिममा मनोनयन नभएका इच्छुक कर्मचारीहरूले समेत पुनः आवेदन गर्न सक्ने महालेखालेको सूचनामा उल्लेख रहेको छ।