मंसिर २७ नेपाल ।
बैदेशिक रोजगारका लागि जानुपुर्व गन्तव्य मुलुकको भाषा, धर्म, कानुन, भौगोलीक अवस्था, जाने ठाउँ र गर्ने कामको बारेमा उचित जानकारी लिने ।
मानव बेचबिखन हुन लागेको वा भएको शंका लागेमा नजिकका
आफन्त, सामाजिक संस्था वा प्रहरीमा खवर गर्ने ।
अपरिचित ब्यक्ति संग बैदेशिक रोजगारीको विषयमा सामाजिक संजाल फेसबुक, ह्वटसएप्स,इन्स्ट्राग्राम, म्यासेन्जर तथा मोवाईल फोनमा अनावश्यक कुरा वा वहकावमा नजिक नहुने ।
कुनै पनि अपरिचित व्यक्तिलाई बैदेशिक रोजगारको विषयमा छिट्टै विश्वास नगर्ने र ललाई फकाईमा नपर्ने ।
सीपमुलक तालिम लिईसकेपछि नेपाल सरकारबाट श्रम स्वीकृत भएका देशहरुमा मात्रै बैदेशिक रोजगारीमा जाने ।
गन्तव्य मुलुकको भाषाको बारेमा जानकारी राख्ने ।
जुन म्यानपावरको मार्फत बैदेशिक रोजगारमा जान लागेको हो सो को संचालक र कार्यालयको सम्पुर्ण जानकारी राख्ने।
