मंसिर २७ नेपाल ।

त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह २०८२ साल पौष १० गते विहीबारका दिन दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना गरेको परिक्षा नियन्त्रण कार्यलय बल्खुले जनाएको छ।

समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ-आफ्‌नो गाउन/स्कार्फ टोपी पहिरी बिहान १०:०० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने र सिटिङ्ग अर्यान्जमेन्ट अनुसार तोकिएको स्थानमा बसिसक्नु पर्नेछ । विद्यावारिधि र दीक्षान्त पदक पुरस्कार प्राप्त गर्नुहुने विद्यार्थीहरू सवभन्दा अगाडीको लाईनमा आफ्‌नो नाम तोकिएको सिटमा वस्नु पर्ने परिक्षा नियन्त्रण कार्यलय बल्खुले जनाएको छ ।