मंसिर २६ नेपाल । नेपाली सेनामा रिक्त रहेको प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरू आन्तरिक प्रतियोगिताद्वारा छनौट गरी पदपूर्ति गर्ने सिलसिलामा देहाय बमोजिम पदको लागि योग्यता पुगेका ईच्छुक उम्मेदवारहरूले नेपाली सेनाको आधिकारिक वेबसाईट www.nepalarmy.mil.np बाट अनलाईन दरखास्त फाराम भरी सो को प्रिन्ट प्रति सहित स्वयं उपस्थित भई तोकिएको भर्ना केन्द्रमा रू.१०।- (दश) को टिकट टाँसी आफूले प्राप्त गरेको शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र तथा प्रतिलिपि, हालसालै खिचेको पासपोर्ट साईजको फोटो प्रति-४ (चार), २४ २ साईजको फोटो प्रति-१ (एक) र युनिटपतिको सिफारिस सहितको प्रो-फाराम प्रत्येक उम्मेदवारले छुट्टाछुट्टै नेपाली फायलमा संलग्न गरी नेपाली सेना केन्द्रीय भर्ना छनौट केन्द्र, सानो भन्ऱ्याङ्ग, स्वयम्भूमा दरखास्त पेस गर्न नेपाली सेना भर्ना छनौटले सार्वजनिक आव्हान गरेको छ ।

।।सूचना।।