मंसिर २५ नेपाल ।
नेपाली सेनाको चण्डीदल गणले नं. १९ फि.ए. तथा स्थानीय स्वास्थ्य संस्थाहरुसँगको सहकार्यमा रुकुम (पश्चिम), त्रिवेणी-३, खारा स्थिति जनजागृती माध्यामिक बिद्यालयमा मंसिर २१ गतेदेखि मंसिर २५ गतेसम्म सञ्चालन गरेको स्वास्थ्य शिविरबाट करिब ३५० जना स्थानीय लाभान्वित भएका छन् । उक्त शिविरमा स्वास्थ्य सेवा लिन आएका स्थानीयहरुको स्वास्थ्य परिक्षण, शिविरको हैसियत अनुसारको निशुल्क औषधी बितरण गरिएको थियो।