मंसिर २४ नेपाल।
कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते सम्पन्न बैठकद्वारा पार्टीको १५ औं महाधिवेशनको कार्यतालिका अनुसार “सदस्यता व्यवस्थापन केन्द्रीय समिति” बाट सहमति भई आएको क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को सूची र प्रतिवेदन समयभित्र अध्ययन गरी क्रियाशील सदस्यता सम्बन्धी आएका उजुरी उपर छानविन गरी तोकिएको समयभित्र क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को अन्तिम सूची तयार गर्नका लागि गठित “क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति” मा नेपाली कांग्रेसका कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम “क्रियाशील सदस्यता छानविन समिति” को संयोजकमा पार्टीका सह-महामन्त्री महेन्द्र यादव र सदस्यहरुमा शिवप्रसाद हुमागाँइ, प्रा.डा. गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी र शान्ति परियार वि.क. लाई मनोनयन गरेको नेपाली काङ्ग्रेसले जनाएको छ ।
