मंसिर २३ नेपाल ।
राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त निर्धन उत्थान लघुवित्त वित्तीय संस्था ७७वटै जिल्लामा शाखा कार्यालय रहेको राष्ट्रिय स्तरको वित्तीय संस्था हो।

वित्तीय संस्थामा रिक्त विभिन्न पदमा खुल्ला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छूक अनुभवी नेपाली नागरिकहरुबाट मिति २०८२ पुस ८ भित्र संस्थाले तोकेको ढाचामा रित पूर्वक दरखास्त फारम भरी संस्थाको Email: hrm@nirdhan.com.np मा इमेल मार्फत दरखास्त पेश गर्न कम्पनीले आह्वान गरेको जनाएको छ ।

पदः कनिष्ठ अधिकृत (खुल्ला), श्रेणी अधिकृत, आवश्यक पद संख्याः १० (दस)।

न्यूनतम योग्यता/उमेर : फारम भर्ने अन्तिम मितिमा २१ वर्ष पुराभई ३५ वर्ष ननाघेको। महिलाको हकमा ४० वर्ष ननाघेको ।

न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापनमा स्नातक उतिर्ण गरी चाटर्ड एकाउन्टेन्सी कोर्षको CAP-II/IPCC Level -Semi qualified CA, ACCA) उतिर्ण गरेको ।

परीक्षाको किसिम : सर्टलिष्ट र अन्तर्वार्ता ।

कार्य गर्नुपर्ने स्थानः संस्थाले तोकेको नेपाल राज्य भरिका यस संस्थाका कार्यालयहरुमा ।

सेवा सर्त : ६ महिनाको तालिम अवधि र ६ महिना परिक्षणकाल पश्चात स्थायी हुने ।

तलव सुविधा : संस्थाको नियमानुसार ।

कार्य अनुभव : बैंक तथा वित्तीय संस्थामा वा कुनै संगठित संस्थामा कार्यानुभव भएकालाई विशेष ग्राह्यता दिइनेछ । दरखास्त फारम संस्थाको Website: www.nirdhan.com.np/career बाट Download गरी भर्नु पर्ने।

दरखास्त दिने प्रकृया : बिज्ञापन नं. उल्लेख गरी तोकिएको ढाँचामा दरखास्त फारम भर्नु पर्नेछ । फारम साथ नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता, अनुभवका प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपि, यस संस्थामा सेवा गर्न इच्छुक हुनाको बारेमा १ पेजको हस्त लिखित आलेख सहितको निबेदन संलग्न गरी hrm@nirdhan.com.np मा इमेल मार्फत निवेदन दिन सकिने ।

सूची प्रकाशन गरिने/ सूची दरखास्त दिने अन्तिम मितिको ३० दिन भित्र प्रकाशित गरिने ।

सूचीमा समावेश भएका उम्मेद्वारहरुले अन्तर्वार्ता परीक्षामा सामेल हुन दरखास्त दस्तुर वापत रु. ५००।०० अन्तर्वार्ता परीक्षा हुनुभन्दा ७ दिन अगावै केन्द्रीय कार्यालयमा दाखिला गर्नु पर्नेछ। प्रवेशपत्र लिन आउँदा रकम जम्मा गरेको भौचर पेश गर्नु पर्नेछ। सूची प्रकाशन गरेको दिन अन्तर्वार्ता परीक्षाको मिति, समय, स्थान तोकि संस्थाको website मा सूचना प्रकाशित गरिने छ ।

कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार संस्थाको पदपूर्ति समितिमा निहित रहने छ कम्पनीले भनेको छ।