मंसिर २२ नेपाल । भाद्र २३ र २४ गते भएको प्रदर्शनको क्रममा मृत्यु भएकाहरू मध्ये ४५ जना व्यक्तिलाई नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय बमोजिम शहीद घोषणा गरिएको सूचना मिति २०८२ कात्तिक १७ को नेपाल राजपत्र (खण्ड ७५) काठमाडौं, कार्तिक १७ गते, २०८२ साल (अतिरिक्ताङ्क ३२) मा प्रकाशित भएको छ। जेन-जी सुशासन योद्धाहरूको नामावली (पत्रसाथ संलग्न ढाँचामा) पत्राचार भएको मितिले ३ (तीन) दिनभित्र जिल्ला प्रशासन कार्यालय, प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राखे व्यवस्था मिलाउनुहुन मिति २०८२ मंसिर २१ गतेको मन्त्रीस्तरीय निर्णयानुसार भएको गृहमन्त्रालयले परिपत्र गरेको छ।


