मंसिर २२ नेपाल ।

आर्थिक बर्ष २०८२/८३ को वार्षिक कार्यक्रम अनुसार नागरिक राहात, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धि कार्यविधि २०६६ अनुसार छात्रवृत्ति प्रदान गर्नका लागि यस जिल्ला अन्तरगतका विद्यालयहरुमा कक्षा १ देखि काक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष उमेर पूरा नभएका विद्यार्थीहरुको मात्र छात्रबृत्तिका लागि तपसिल बमोजिम कागजात सहित मिति २०८२ माघ मसान्त भित्र निवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीका लागि शिक्षा मन्त्रालयले सूचना प्रकाशित गरेको छ ।

आबस्यक कागजपत्र:

१। जिल्ला प्रशासन कार्यालयबाट राहात पाएको प्रमाणित पत्रको प्रतिलिपी ।
२। जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
३। सहिद तथा द्वन्द्वपिडित सँगको नाता प्रमाणित पत्रको प्रतिलिपी ।
४। अध्ययनरत विद्यालयको अध्ययनरत कक्षा खुलेको सकलै सिफारिस पत्र ।
५। अघिल्लो कक्षा उत्तिर्ण गरेको मार्कसिटरग्रेडसिटको प्रतिलिपी ।
६। मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपी वा वेपत्ता परिवार प्रमाणित पत्रको प्रतिलिपी ।
७ । हकवाला अभिभावकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
८ । हकवाला अभिभावकको सम्पर्क नम्बर र मोवाइल नम्बर ।
९। सशस्त्र द्वन्द्वको समयमा अपाङ्ग भएको व्यक्तिरपरिवारको हकमा ५० प्रतिसत भन्दा बढी अपाङ्गता भएको देखिने प्रमाणको प्रमाणित प्रतिलिपी ।
१०। विद्यार्थीको नाममा बैंक खाता खोली चेकको फोटोकपी वा रद्द गरिएको एक प्रति चेक ।
११। सम्बन्धित विद्यार्थी र अभिभावकको निवेदन ।