मंसिर २२ नेपाल ।
हिजो मंसिर २१ गते जिल्ला सर्लाही ब्रहमपुरी गा.पा.-०४ प्र.चौ. त्रिभुवननगरको पछाडिको बाटो स्थितबाट प्र.चौ. त्रिभुवननगरबाट खटिएको प्रहरी गस्ती टोलीले भारतको सोनवर्षा बोर्डरबाट नेपाल तर्फ आउदै गरेको BR 30 Y 3287 नम्बरको भारतीय मोटरसाईल चालक माथि शंका लागि रोकी चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको नेपाली रकम बाह्र लाख उन्नतिस हजार रुपैयाँ मोटरसाईकल, मोबाईल सहित भारत बिहार राज्य जिल्ला सितामढी ग्राम पंचायत सोनवर्षा वडा नं. २ बस्ने अं. वर्ष २९ को धर्मेन्द्र महतोलाई पक्राउ गरि आवश्यक कारवाही अगाडी बढाईएको जिल्ला प्रहरी सर्लाहीले प्रेस बिज्ञप्ति जारी गरेर जनाएको छ।

