मंसिर २२ नेपाल ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को मिति २०८२ मंसिर २१ को प्रदेश मन्त्रिपरिषद्‌को बैठकमा पेश भएका मधेश प्रदेश सरकार, मन्त्रिपरिषद्ले विभिन्न निर्णय गरेको छ । निर्णयहरु कार्यान्वयन गर्न मधेश प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०८० को नियम २३(१) बमोजिम मधेस प्रदेश शरकार जनकपुरले निर्देशन दिएको छ।

प्रदेश सरकारको निर्णय –

१. मिति २०८२/०७/२३ देखि २०८२/०८/१७ गतेसम्मको अवधिमा बसेका मन्त्रिपरिषद् बैठकहरुबाट भएका सम्पूर्ण सरुवा, काज, जिम्मेवारी हेरफेर र थप जिम्मेवारी तोक्ने लगायतका सरुवा/काजसंग सम्वन्धित निर्णयहरू बदर गर्ने तथा मिति २०८२/०७/२३ मा गठित मन्त्रिपरिषद्‌को कार्यकालमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय र विभिन्न मन्त्रालयहरूवाट भएका कर्मचारीहरूको सरुवा, काज, जिम्मेवारी हेरफेर र थप जिम्मेवारी तोक्ने लगायतका सरुवा/काजसंग सम्बन्धित सम्पूर्ण निर्णयहरू बदर गर्ने।

२. उधोग, वाणिज्य तथा पर्यटन मन्त्रालय, मधेश प्रदेशका प्रदेश सचिव श्री जय कुमार घिमिरे (क.सं. न. ११५४५२। लाई अर्को व्यवस्था नभएसम्मका लागि आफ्नो साविकको जिम्मेवारीका अतिरिक्त मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको प्रशासनिक तथा आर्थिक अधिकार सहित निमित्त प्रमुख सचिवको जिम्मेवारी प्रदान गर्ने।

३. नागरिकको जीवन रक्षा राज्यको प्रमुख दायित्व रहेको तथ्यलाई मनन गर्दै, प्रदेश सरकारबाट कडा रोग (क्यान्सर, मिगौला, मुटु रोग आदि) का बिरामीहरूलाई प्रदान गरिँदै आएको औषधोपचार आर्थिक सहायता वितरण कार्यलाई निरन्तरता दिई तत्काल सुचारु गर्ने कार्य स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुचारु गर्ने र सो प्रयोजनका लागि चालु आर्थिक वर्षमा बिनियोजित रकम अपुग हुन गएमा आवश्यक पर्ने थप बजेट तथा स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले, मधेश प्रदेशले प्राथमिकताका साथ उपलब्ध गराउने।

४. मधेश प्रदेश बाढी, डुबान, आगलागी लगायतका विपद्‌को उच्च जोखिममा रहेको र हाल शीतलहर को मौसम समेत सुरु हुन लागेको सन्दर्भमा सम्भावित विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न विपद् पूर्वतयारी, खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई थप चुस्त र प्रभावकारी बनाउन सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवालाहरूसँग आवश्यक समन्वय एवं सहजीकरणको कार्य गृह, सञ्चार तथा कानून मन्त्रालय, मधेश प्रदेशले तत्काल अगाडि बढाउने।