मंसिर २१ नेपाल ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते सम्पन्न बैठकको निर्णय बमोजिम नेपाली कांग्रेसका कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३५ अनुसार गठित केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी (लम्जुङ) र अधिवक्ता राजु कटुवाल (सुनसरी) लाई सदस्यमा मनोनयन गरेको नेपाली काङ्ग्रेसले जनाएको छ ।
