मंसिर २० नेपाल ।
कानून व्यवसायीहरुलाई सामाजिक संजालहरुमा आचरण विपरीत हुने गरी प्रकाशन/प्रशारण नगर्न नगराउन नेपाल कानुन ब्यबसाय परिषदले चेतावनी दिएको छ।
कानून व्यवसायीहरुलाई फेसबुक लगायतका सामाजिक संजालहरुमा अदालतको फैसला वा आदेश उपर अस्वस्थ तथा अमर्यादित टिप्पणी गरि अदालत तथा कानून प्रणाली प्रति अनास्था पैदा गर्ने गर्ने काम वकिलले गर्ने गरेको भन्दी आचरण बिपरित काम नगर्न नगराउन नेपाल कानुन ब्यबसायी परिषद अनुरोध गरेको छ ।
साथै अव उप्रान्त पनि सामाजिक संजालमा कानून व्यवसायीको आचरण सम्बन्धी नियमावली, २०७९ विपरित हुने कुनै कुरा प्रकाशन वा प्रशारण भएमा परिषद सचिवालयले जानकारीमा लिई प्रतिवेदन उठाई आचरण सम्बन्धी कारवाही अगाडि बढाउने व्यहोरा नेपाल कानून व्यवसायी परिषदको मिति २०८१।८।१४ गते सम्पन्न वैठकले निर्णयानुसार गरेको भन्दै आचारण बिपरित कार्य गर्ने गराउने वकिललाई कारबाही गर्ने समेत नेपाल कानुन ब्यबसायी परिषदले चेतावनी दिएको छ।

