मंसिर १९ नेपाली ।
लमजुङको बेसीशहर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा तपसिलका विषयहरुको माध्यमिक तह (कक्षा ९-१०) का लागि विज्ञान बिषय र अङ्ग्रेजी बिषय पढाउने सङ्घीय सरकारको अनुदानमा नेपाल सरकारले तोकेको माध्यमिक तह तृतीय श्रेणी सरहको शिक्षक करारमा शिक्षक नियुक्ति गरिने लमजुङ वेसीशहर नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गरेको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र बेसीशहर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको इमेल besishaharedu@gmail.com मार्फत वा स्वयं आफै कार्यालयमा उपस्थित भई रितपूर्वकको दरखास्त दिनुहुन सम्बन्धित सबैको लागि आह्वान गरेको छ ।

उमेदवारको योग्यताः

उमेर : १८ वर्ष पुगी ४० वर्ष ननाघेको,सम्बन्धित विषयमा कम्तिमा स्नातक गरी सम्बन्धित विषयमा अध्यापन अनुमति पत्र प्राप्त गरेको हुनुपर्ने।

पेश गर्नुपर्ने विवरण र कागजातः व्यक्तिगत निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपि, अध्यापन अनुमति पत्रको प्रतिलिपि, तालिम एवम् अनुभवसम्बन्धी कागजातहरु

परीक्षाको किसिमः शिक्षक सेवा आयोगको पाठ्यक्रम बमोजिम लिखित तथा अन्तर्वार्ता (आवश्यक परेको खण्डमा प्रयोगात्मक परीक्षा समेत लिने ।

दरखास्त पेश गर्ने स्थानः बेसीशहर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा बेसीशहर, लमजुङ ।