मंसिर १९ नेपाल । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच भेटघाट भएको छ। भदौ २३–२४ को जेनजी आन्दोलनपछिको उहाँहरुको यो पहिलो प्रत्यक्ष संवाद हो।
आगामी माघ ११ गते राष्ट्रिय सभा, र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन र सर्वोच्च अदालतमा संसद पुनस्थापनाको मुद्धा समेत चर्किरहेको बेलामा देशको समसामयिक राजनीतिक घटनाक्रम, स्थिरता र आगामी बाटोबारे दुई नेताबीच गम्भीर छलफल भएको छ। जेनजी आन्दोलनको बेला दुवै प्रधानमन्त्रीको निजि निवास करिबकरिब पूर्णरुपले आगजनी तोडफोड भएको थियो। आजको भेट्ले मुलुकलाई उचित निकास दिने बिषयमा छलफल भएको एमाले नेत्ता महेश बस्नेतले बताएका छन ।
