मंसिर १९ नेपाल । बैंकमा रिक्त रहेका विभिन्न पदहरु खुला प्रतियोगिताद्वारा पद पूर्ति गर्ने भएको छ। योग्य नेपाली नागरिकहरुवाट आज मिति २०८२ मंसिर १९ गते देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेश गर्न बैंकले आव्हान गरेको छ ।

विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेश गर्दा बैंकले तोकेको सम्पूर्ण विवरण उक्त दरखास्त फाराममा उल्लेख गरी सोको साथ नेपाली नागरिकताको प्रमाणपत्र, दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र (ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र, नेपाल वाहेक अन्य मुलुकवाट हासिल गरेको शैक्षिक योग्यता भएमा सम्बन्धित निकाय/संस्थाबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र समेत), सहायक (सहायक द्वितीय) को हकमा लोक सेवा आयोगबाट मिति २०८२/०७/१५ मा एकीकृत परीक्षा प्रणालीको आधारमा सञ्चालित पूर्वयोग्यता परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र, तोकिएका अन्य कागजात प्रमाणपत्र र हालसालै खिचिएको पासपोर्ट साइजको फोटोको विद्युतीय प्रति संलग्न स्क्यान अट्याचगरी तोकिएको दस्तुर तिरी मिति २०८२ पुस १० सम्म र दोब्बर दस्तुर तिरी मिति २०८२ पुस १७ सम्म विद्युतीय माध्यममार्फत दरखास्त पेश गर्नुपर्नेछ।

मिति २०८२ पुस १० सम्म जारी भएका शैक्षिक योग्यताको प्रमाणपत्र (समकक्षता आवश्यक परेमा सो समेत मात्र आवेदनका लागि ग्राह्य हुने, म्यादभित्र दाखिला नभएको र रीत नपुगी आएको दरखास्त उपर कुनै किसिमको कारवाही नहुने, लोक सेवा आयोगबाट परीक्षामा अनिर्यामितता गरेको सम्बन्धमा यसअघि निश्चित अवधिसम्म आयोगवाट सञ्चालित कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही भएको भएमा उक्त उम्मेदवार तोकिएको अवधिभित्र विज्ञापनको लागि दरखास्त पेश गर्न योग्य नहुने, झुट्टा विवरण उल्लेख गरी विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेश गरेमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनु पर्ने नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेर जनाएको छ ।