मंसिर १८ नेपाल । ´किरात समुदायको पर्व उधौली, ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) तथा हिन्दू धर्मावलम्बीको धान्यपूर्णिमा पर्वको अवसरमा देश-विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु`।

´प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धको प्रतीकका रूपमा मनाइने यी चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाउनुका साथै सम्पूर्ण नेपालीहरूलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्दै आएका छन्। सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट मात्र समावेशी तथा सहभागितामूलक राष्ट्र निर्माण सम्भव छ। नेपाली समाजको दीर्घ विकास यात्रामा यिनै सांस्कृतिक विविधताले सामूहिक चेतना र अन्तरसम्बन्ध निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्`।

´वर्तमान जटिल राजनीतिक परिस्थितिका बीचमा सामूहिकता, एकता र सहअस्तित्वका प्रतीक यी चाडपर्वहरूले अग्रगामी रूपान्तरणका पक्षधरबीच आपसी विश्वास, राष्ट्रिय एकता र सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गर्दछु`।

´अन्त्यमा, यी पर्वहरूले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, सहिष्णुता र एकताबोधलाई अझ सुदृढ बनाओस् भन्ने कामना गर्दै देश-विदेशमा रहनुहुने सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु`।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा हस्ताक्षर गरि जारी गरिएको शुभकामना सन्देश पत्रमा भनिएको छ।