मंसिर १८ नेपाल । ´किराँत समुदायको महत्वपूर्ण पर्व उधौली, ज्यापु समुदायको सास्कृतिक पहिचान बोकेको यःमरि पुन्हि (ज्यापु दिवस) र समृद्धिको प्रतिक धान्य पूर्णिमाका पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली काग्रेस र मेरो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रर्गातको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु` ।
´हाम्रो सुन्दर र विविधतायुक्त राष्ट्र नेपालमा विभिन्न भाषा, धर्म, सस्कार, समुदाय र जातजातिका आफ्नै विशिष्ट परम्परा र सस्कृति छन् । एकले अर्काको धर्म, भाषा, सस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको छ । यी पर्वहरूले नेपाली समाजमा एकता र सद्भावना बढाउदै आएका छन्` ।
´यी पर्वहरूले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सवैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु र यी महत्वपूर्ण पर्वहरूका अवसरमा सबैमा पुनः शुभकामना व्यक्त गर्दछु` । नेपाली काङ्ग्रेसका कार्यबाहक सभापति पूर्ण बहादुर खड्का द्वारा जारी शुभकामना सन्देश पत्रमा भनुएको छ।

