मंसिर १६ नेपाल । भक्तपुर नगरपालिकाद्वारा संचालित कलेजको २४ औं र ख्वप कलेज अफ इन्जिनियरिङ्गको १७ औ वार्षिकोत्सव कार्यक्रम मिति २०८२ मंसिर २६ र २७ गते हुने कलेजले सार्वजनिक सूचना निकालेको छ।

उक्त कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेज्यूको प्रमुख आतिथ्यमा उद्घाटन हुने र सो वार्षिकोत्सव कार्यक्रमको पहिलो दिन मिति २०८२ मंसिर २६ गते कलेजमा नियमित पठनपाठन नहुने व्यहोरा समेत कलेजले जनाएको छ।