मंसिर १४ नेपाल । आज सेयर बजार नेप्से २६.५१ अंक अर्थात ०.९९ प्रतिशतले घटेर र २६४९.५२ विन्दुमा बजार बन्द भएको छ । सेयर किनबेच ७अर्व ८करोड ५४लाख ४९हजार ४ सय ३३ रुपैयाँ दसमलव ६ पैसा बराबरको सेयर किनबेच भएको छ। अधिल्लो साताको अन्तिम कारोबारको तुलनामा आज सेयर कारोबार रकम बढेको छ ।

सेयर बजारमा सेयर कारोबारलाई अर्थतन्त्र चलाएमान राख्ने अस्त्रको रुपमा लिईन्छ। नेपालको सेयर बजार नेप्से चार बर्ष पहिले बत्तिस सयको आसपास पुगेको थियो । त्यसपछि नेप्से तलमाथि गर्दै आजको दिनमा चलिरहेको छ ।बत्तिस सय नेप्सेमा सेयर किनेर आज सम्म नबेची होल्ड गर्ने सेयर लगानीकर्ताको सेयर सम्पत्ति सावाँनै सत्तरी प्रतिशतको हाराहारीमा नोक्सानी भएको देखिन्छ।