मंसिर १२नेपाल । मिति २०८२ साल मंसिर ११ गते नेपाली कम्युनिष्ट पार्टी र जनजागरण पार्टी नेपाल वीच निम्न विषयमा सहमत भई दुवै दललाई एकीकरण भएको छ ।
१. जनजागरण पार्टी नेपालसम्वद्ध सम्पूर्ण नेतृत्वपक्तिले नेपाली कम्युनिष्ट पार्टी निर्माण क्रममा अन्य पार्टीहरूले स्वीकार गरेका सहमतिका आधारगत बुँदाहरू, वृहत एकताका लागि अवलम्बन गरिएका सैद्धान्तिक दस्तावेजहरू, पार्टी घोषणापत्र, विधान स्वीकार गर्ने ।
२. जनजागरण पार्टी नेपालले प्रयोग गर्दै आएको पार्टीको नाम, झण्डा, चुनावचिन्ह र दस्तावेजहरू खारेजीको प्रक्रियामा निर्वाचन आयोगसमक्ष बुझाउने र नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गरेको नाम, झण्डा, चुनावचिन्ह र दस्तावेजहरू अवलम्बन गर्ने ।
३. पार्टीमा नीतिनिर्माण तथा रणनीतिक महत्वका (भावि नीति तथा कार्यक्रम, संगठन विस्तार, निर्वाचनसम्बन्धी रणनीतिक योजना, आदि जस्ता जिम्मेवारीहरूमा जनजागरण पार्टी नेपालको तर्फवाट आवश्यक प्रतिनिधित्व गराउने ।
४. राज्यका तीनवटै तहमा हुने आसन्न निर्वाचनमा एकीकृत पार्टीको तर्फवाट खडा गराइने उमेदवारहरूको छनौट गर्दा भौगोलिक, जातीय तथा मताधारको अध्ययन-मूल्याङ्गनगरी प्रत्यक्ष तथा समानुपातिकतर्फ उमेदवारहरू तोक्ने ।
५. आगामि एकता महाधिवेसन सहमति र एकताको भावना अनुसार गर्ने ।
६. जनजागरण पार्टी नेपालसँग सम्वद्ध सक्रिय सदस्यहरूलाई पार्टीको सदस्यता प्रदान गर्ने ।
७. देशभरका पीडित-प्रताडित, सीमान्तकृत-वहिस्कृत, दलित-उपेक्षित र सामाजिक, आर्थिक राजनीतिक तथा प्रशासनिक विभेद भोग्न वाध्य पारिएका अल्पसंख्यक व्यक्ति, वर्ग र समुदायको पक्षमा जनजागरण पार्टी नेपालले हालसम्म उठाउँदै आएका माग र मुद्दाउरूको सुनुवाइ र सम्वोधन प्राथमिकतापूर्वक गर्ने ।
८. धर्म निरपेक्षताको मर्मअनुसार सवै धार्मिक समुदायका लागि समान अवसर, सुविधा र पूर्ण धार्मिक स्वतन्त्रताको ग्यारेण्टी गर्न प्रचलित ऐन कानून र संविधानमा रहेका त्रुटीहरू सच्याउन पहल गर्ने ।
९. राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, लोकतन्त्र तथा मानव अधिकार रक्षाको पक्षमा सम्पूर्ण पार्टी पंक्ति सशक्त र क्रियाशील रहंदै सामाजिक न्याय, समानताको पक्षमा दृढ रहने ।
१०. भ्रष्टाचार निवारण र सुशासनको पक्षमा दृढतापूर्वक उभिने ।
११. जनजागरण पार्टी नेपालको केन्द्रदेखि स्थानीय तहसम्मको संगठित संरचनालाई सम्मानजनक स्थान, अवसर र जिम्मेवारी प्रदान गर्ने । पार्टी एकीकरण पत्रमा उल्लेख रहेको छ।
