मंसिर १० नेपाल । आन्तरिक राजश्व विभागको पत्र संख्या २०८२/०८३, चलानी नम्बर ५७, मिति २०८२ मंसिर ७ गतेको पत्र बाट नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ कात्तिक १७ गतेको निर्णयानुसार करदातासेवा कार्यालयहरु खारेज भई साविक करदाता सेवा कार्यालयले सम्पादन गर्दै आएका कार्यहरु कोष तथा लेखा नियन्त्रक कार्यालय र स्थानीय तहहरु मार्फत सम्पादन हुने गरी निर्णय भएको नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
