मंसिर १० नेपाली । सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउन प्रहरी अनुसन्धानमा महत्वपूर्ण योगदान गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा पुर्याउनु भएको योगदानको कदर गर्दै प्रहरी प्रभाग गोंगवु, नयाँबसपार्कका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठलाई २०८२ कार्तिक महिनाको “पुलिस अफ द मन्थ” को प्रशंसा-पत्र प्रदान गरिएको ।
´नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ एव अपराध अनुसन्धान र प्रहरी कारवाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एंव श्रीवृद्धिमा तपाईले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै २०८२ साल कार्तिक महिनाको “Police of The Month” को रुपमा यो प्रंशसा-पत्र प्रदान गरिएको छ` ।
´आगामी दिनमा काठमाण्डौ जिल्लाको अपराध अनुसन्धान, नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउन हुनेछ भन्ने विश्वास लिएका छौं`। प्रंशसा-पत्रमा भनिएको छ।
