मंसिर १० नेपाल ।निर्वाचन आयोगले यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेर समयसिमा तोके अनुसारनै संसद् पुन: स्थापनाको माग गरिरहेको नेकपा एमाले पनि निर्वाचन आयोगमा हिजो दर्ता भएको छ। हिजो सम्म कूल १३५ राजनीतिक दलहरु निर्वाचन आयोगमा दर्ता भएका छन्।
नेपालका प्राय सवै ठुला राजनीतिक दल आगामी फागुन २१ को निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता भईसकेका छन। अब संसद पुन:स्थापनाको माग गर्ने नेपाल कम्युनिस्ट पार्टी एमाले पनि फागुन २१ को निर्वाचनमा भाग लिने करिबकरिब सुनिश्चित जस्तै रहेको निर्वाचन आयोग श्रोतले जनाएको छ ।
