मंसिर १० नेपाल । राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियान, नेपालको तपशिल बमोजिमको व्यक्तिहरुले, महाभियानको लक्ष्य एकता विश्वासलाई धुमिल पारी खलल पुर्याएको अभियान्ताहरु विच गलत भ्रम फैल्याउने कार्य गरेको पीडितहरुलाई न्याय दिनु पर्नेमा उल्टै पीडितहरुवाट आर्थिक असुल गर्ने धन्दा चलाउने कार्य गरेको, सङ्गठनमा गुट बनाई अराजकता फैलाएको, पीडित नागरिकहरुको कागजपत्र जफत गरी, ब्ल्याक मेलिङ गरी आर्थिक मोल मोलाई गरेको, सङ्गठनको चेनअफ कमान्ड पटकपटक अनुशासनको उल्लंघन गरेको नेतृत्व र महाअभियानलाई गम्भीर असर पुऱ्याउने कार्य गरेको संगठनले जनाएको छ।

उक्त कार्य गरेको भन्दै  मिति २०८२ मङ्सिर ९ गते बाट लागु हुने गरी सचिवालय सदस्य, युवा तथा खेलकुद विभाग संयोजक: विस्नुजङ्ग वस्नेत, केन्द्रिय सदस्य तथा तथा सह-संयोजक गोपाल बोहरा, सचिवालय सदस्य: ओम प्रकाश लुइँटेल, केन्द्रिय सदस्य तथा मेची अञ्चल सहसंयोजक: प्रकाश उप्रेती लाई सबै प्रकारको जिम्मेवारीहरुबाट पद मुक्त र निष्कासन गरी कार्वाही गरेको छ ।

कार्वाही गरिएकाहरु सँग महाअभियानका अभियान्ताहरुले कुनै पनि प्रकारको संगत र गतिविधि नगर्नहुन र पीडितहरु कार्वाही गरेकाहरु व्यक्ति सँग फसे नागरिक बचाउ महाअभियान जिम्मेवार नहुने समेत संगठनले प्रेस बिज्ञप्ती निकालेर जनाएको छ ।