मंसिर ९ नेपाल । आन्तरिक राजश्व विभागको पं.सं. २०८२/०८३, च.नं. ५७, मिति २०८२/०८/०७ को पत्रवाट नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/०७/१७ को निर्णयानुसार करदातासेवा कार्यालयहरु खारेज भई साविक करदाता सेवा कार्यालयले सम्पादन गर्दै आएका कार्यहरु कोष तथा लेखा नियन्त्रक कार्यालय र स्थानीय तहहरु मार्फत सम्पादन हुने गरी निर्णय भएको उल्लेख भई आएको हुँदा उक्त पत्र आवश्यक जानकारी तथा कार्यार्थ यसैसाथ संलग्न गरी पठाईएको नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय द्वारा जारी जानकारी पत्रमा उल्लेख रहेको छ।

